दफा १३
डिजायनको दर्ताको निमित्त दरखास्त
: (१)आफूले बनाएको वा बनाउन लाएको कुनै चिज दफा  १४ बमोजिम दर्ता गराउन चाहने व्यक्तिले सो डिजायनको  विवरण सहितको नक्शा तथा  रेखाङ्कन र चार प्रति नमूना सहित अनुसूची–१(ख) बमोजिमको ढाँचामा विभागमा दरखास्त  दिनुपर्छ ।
(२) उपदफा (१) बमोजिम दरखास्त दिने व्यक्तिले आफ्नो दरखास्तको साथै अनुसूची–३ (२)  को (क) मा तोकिएबमोजिमको दरखास्त दस्तुर विभागमा बुझाउनु पर्छ ।